site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मस्को आक्रमणका संदिग्ध सार्वजनिक, चारैजना ताजिकिस्तानका नागरिक
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मस्कोस्थित कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको हत्या आरोपमा पक्राउ परेका चारजनालाई रुसले सार्वजनिक गरेको छ । एकलाई ह्वीलचेयरमा र बाँकी तीनजनालाई हिँडाएर मस्को अदालतमा उपस्थित गराइएको हो । यी चारमाथि आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ ।

क्रोकस सिटी हलमा शुक्रबार रातिको आक्रमण इस्लामिक स्टेट समूह (आईएस)ले गराएको भनिएको छ । तर, रुसी अधिकारीले यसमा युक्रेनको संलग्नता हुन सक्ने आशंका गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अभियुक्त चारजनाको नाम दलर्दजोन मिर्जोयेभ, सैदाक्रामी मुरोदली रचाबालिजोडा, शम्सिदिन फरिदुनी र मुहम्मदसोबिर फयजोभ भनिएको छ । सोधपुछका क्रममा चारैजना घाइते देखिन्छ । उनीहरूले आपराधिक कार्य गरेको मस्कोस्थित बास्मान्नी जिल्ला अदालतमा स्वीकार गरेका छन् ।

चारैजना ताजिकिस्तानका नागरिक भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ । उनीहरूलाई सुनुवाइपूर्व आउँदो मे २२ सम्म हिरासतमा राखिनेछ ।

Global Ime bank

चार बन्दुकधारीले उत्तरी मस्कोको क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा आक्रमण गरेका थिए । उनीहरूले कन्सर्टमा सहभागी करिब ६ हजार मानिसमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा १०० भन्दा बढी मानिस घाइते छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC