site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे
फाइल तस्बिर ।

काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । 

गएराति छाडिएकामा १०२ पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनले भने, “फागुपूर्णिमाका दिन नियमविपरीत काम गर्नेहरूलाई नियन्त्रणमा लिएका थियौँ, अवस्था हेरेर १०५ जनालाई गएराति उनीहरूको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरू सबैको हकमा छानबिन भइरहेको छ ।”

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपांग्रे सात वटा सवारी साधन नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

लापसे, मापसे गरी सवारीसाधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागु गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro