site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
होलीमा ७८४ सवारी साधन होल्ड, मापसे गर्ने १३५ चालक नियन्त्रणमा

काठमाडौं । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७८४ सवारी साधनलाई होल्ड गरिएको छ । उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङका क्रममा सवारी साधनलाई होल्ड गरिएको थियो ।

होली पर्व मनाउने बहानामा मोटसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र साथमा नराखी सवारी साधन चलाउनेसहित अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७६९ वटा दुई पांग्रे र १५ वटा चारपांग्रे सवारी साधन होल्ड गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

जसमा मदिरा पिएर सवारी साधन चलाउने १३५ जना चालक थिए । होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछि चालकले ट्राफिक नियम उल्लंघन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए ।

आजै नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ ।

होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरेर चेकजाँचलाई कडाइ गरेकाले सवारी दुर्घटनामा कमी आएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ बताउँछन् ।

आज काठमाडौं उपत्यकाभित्र ललितपुरको ढोलाहिटीमा दिउँसो बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते भएका छन् । बा ४ ख ७०८० नम्बरको बसले बा ४५ प २७ १२ नम्बरको स्कुटरलाई ठक्कर दिदा मोरङ घर भई हाल ललितपुर बस्दै आएका ४३ वर्षीय नरबहादुर माझी घाइते भएका हुन् । घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनसहित बस चालकलाई प्रहरी वृत्त चापागाउँले नियन्त्रणमा लिएको छ । 

त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका ८ मा पनि  आजै बा ४ ख १९ २१ नम्बरको बस दुर्घटना हुँदा तीनजना सामान्य घाइते भएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro