site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसको कन्सर्ट हलमा आक्रमण : मृत्यु हुनेको संख्या ९३ पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा शुक्रबार राति गरिएको आक्रमणमा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । १०० भन्दा बढी मानिस घाइते छन् । मृत्यु हुनेमा बालबालिका पनि छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

बीबीसी रुसी सेवाका सम्पादक स्टिभ रोजेनबर्गले पछिल्लो दुई दशकमा रुसमा यो सबैभन्दा ठूलो हमला भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आक्रमणकारी को थिए र कहाँबाट आएका थिए भन्ने बारेमा धेरै जानकारी नभएको रुसी अधिकारीको भनाइ छ ।

चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)को एक समूहले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमण गर्ने बन्दुकधारी त्यहाँबाट भागेको आईएसले जनाएको छ ।

Global Ime bank

अमेरिकाले इस्लामिक स्टेटको यो दाबीलाई विश्वास नगर्ने कुनै कारण नरहेको जनाएको छ ।

मस्कोको उत्तरपश्चिमी सहर क्रास्नोगोर्स्कको क्रोकस सिटी हल रिटेल र कन्सर्ट कम्प्लेक्समा आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ ।

त्यहाँ पिकनिक नामक रुसी रक ग्रुपको कन्सर्ट हुने क्रममा थियो । कन्सर्ट सुरु हुनुअघि नै चार बन्दुकधारीले सहभागीमाथि गोली चलाएका थिए ।

आक्रमणका बेला हलमा ६ हजारभन्दा बढी मानिस उपस्थित थिए । रक समूह मञ्चमा जानुअघि नै आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सो क्रममा भवनमा आगलागी हुनुका साथै छानाको एक भाग खसेको थियो । आक्रमणकारीको खोजी गरिरहेको रुसी सुरक्षा अधिकारीले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC