site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकद्वारा विद्यालयमा शौचालय निर्माण

काठमाडौं । माछापुच्छ्रे बैंकले शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा आठ वटा शौचालय निर्माण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६ मा रहेको विद्यालयमा आठ वटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो ।

बिहीबार एक औपचारिक कार्यक्रमकाबीच शौचालय विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेको भन्दै अन्य संघसंस्थाहरुले पनि स्थानीय निकायहरूसँग मिलेर कामहरू गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरे ।

एक हजार ८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था खराब रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरी बैंकले विद्यालय परिसरमा आठ वटा शौचालय तथा सेफ्टी ट्यांकीको निर्माण गरिदिएको बताइएको छ ।

बैंकले निर्माण गरेका आठ वटा शौचालयमध्ये दुई वटा विद्यालयका कर्मचारी, तीन वटा महिला तथा तीन वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro