site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चितवन मेडिकल कलेजका विद्यार्थीलाई नबिल बैंकको वित्तीय साक्षरता

काठमाडौं । नबिल बैंकले चितवन मेडिकल कलेजमा वित्तीय साक्षरतासम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बिहीबार मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।

‘ग्लोबल मनी विक २०२४’ को अवसरमा बैंकले मेडिकल अध्ययन गरिरहेका विद्यार्थीहरूलाई वित्तीय शिक्षा दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको संयोजन नबिल बैंकको चितवन, मकवानपुर र पूर्वी नवलपरासीमा भएका १३ शाखा कार्यालयको संयोजन गर्दै आएको मनकामना कलस्टरले गरेको थियो । कार्यक्रममा विद्यार्थीलाई पैसाको महत्त्व, बचत गर्ने तरिका, बैंकको काम, खाता खोल्ने तरिका, बैंकबाट पाइने सुविधा र बैंकका प्रोडक्टहरूबारे जानकारी दिइएको मनकामना कलस्टरका प्रमुख लिलाप्रसाद ओझाले जानकारी दिए ।

nabil-bank-(1)-1711110250.jpg
 

“मेडिकल पढ्ने विद्यार्थीहरूलाई वित्तीय ज्ञान कम हुने भएकाले हामीले उनीहरूलाई बुझाउन वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेका हौँ,” प्रमुख ओझाले भने, “कार्यक्रममा हामीले बचत कसरी गर्ने, बैंकले के काम गर्छन्, बैंकबाट के–के सेवा पाइन्छ भन्ने विषयमा पनि बुझाएका थियौं । बैंकले ल्याएका नयाँ–नयाँ प्रोडक्टको विषयमा जानकारी दिँदा विद्यार्थीहरूले उत्साहित भएर सुनेका थिए ।”
कार्यक्रममा महिला तथा पुरुष गरी ७० जना विद्यार्थीले सहभागिता जनाएको ओझा बताउँछन् । सहभागी विद्यार्थीहरूले पनि यस्तो कार्यक्रमले दैनिक जीवनमा परिवर्तन ल्याउने जानकारी दिए । आफूहरूको बढाई मेडिकल भए पनि पैसाको काम दैनिक आउने हुँदा बचतदेखि सुरक्षाका कुरा पनि सिकेको सहभागी विद्यार्थी कसिस महतोले बताइन । पैसा बचत गर्न यो कार्यक्रमले सिकाएको उनी बताउँछन् ।

“बैंकमा आएका नयाँ प्रडक्टहरूको बारेमा जानकारी पाइयो । त्यसका साथै हामीले बचत गर्ने तरिका र खर्च गर्ने तरिका पनि सिक्ने अवसर पायौैँ,” उनले भनिन्, “बैंकमा सानो–सानो बचत गर्दा देशको अर्थतन्त्रमा हामीले योगदान पुर्‍याउँदा रहेछौँ भन्ने कुरा पनि थाहा भयो । सानो बचतले जीवनमा कस्तो परिवर्तन ल्याउँछ भनेर पनि सिक्ने मौका पायौं ।”

nabil-bank-(2)-1711110245.jpg
 

त्यसैगरी अर्का सहभागी विद्यार्थी विमर्ष अधिकारीले नबिलले दिएको जस्तो कार्यक्रम विद्यार्थीका लागि उपयोगी हुने बताए । यस्ता कार्यक्रम नियमित रूपमा आयोजना हुँदा विद्यार्थीको जीवनमा नै परिवर्तन आउने उनको भनाइ छ । “हामीले यो कार्यक्रमबाट धेरै सिक्ने मौका पायौं । हामीले मोबाइल बैंकिङ चलाउँदा अपनाउनुपर्ने सुरक्षाको विषयमा थाहा भयो,” अधिकारीले भने, “ओटीपी कोर्ड कसैलाई सेयर गर्न नहुने कुरा देखि साइबर सुरक्षाका कुरा पनि सिक्ने मौका पाइयो । वर्षमा एक पटकभन्दा पनि दुई÷चार पटक यस्ता कार्यक्रममा सहभागी हुन पाए धेरै कुरा सिक्ने मौका हुन्थ्यो ।”

‘ग्लोबल मनी विक २०२४’ को अवसरमा नबिलले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले चैत ५ देखि ११ गतेसम्म ‘ग्लोबल मनी विक २०२४’ मनाइरहेका छन् । हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित २१ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटीएममार्फत सेवा दिँदै आएको छ ।

nabil-bank-(3)-1711110236.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro