site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सन्तोष सेनको ‘बलिदान’मा समीर भट्ट अनुबन्ध, भन्छन्– खोजेजस्तै हिरो भेट्टायौँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन्तोष सेनको चलचित्र ‘बलिदान’मा समीर भट्टले प्रवेश गरेका छन् । समीर एक्सन नायक बिराज भट्टका छोरा हुन् । 

“मैले लामो समयदेखि नेपाली सिनेमामा युगपुरुषको खोजी गरिरहेको थिएँ । जुन लामो समयपछि भेट्टाएँ,” सन्तोष बाह्रखरीसँग भन्छन्, “अभिनय, एक्सन, सुगठित शरीर (गुड लुकिङ) र भ्वाइस डेलिभरी सबै भएको अभिनेता भेट्टाएका छौँ । यसले पक्कै पनि नेपाली चलचित्र उद्योगलाई फाइदा गर्नेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक विषयमा बन्न लागेको सिनेमालाई सन्तोष स्वयंले निर्देशन गर्दैछन् । सिनेमाको कथा पनि उनी स्वयंले लेखेका छन् । 

“हामी अहिले प्रिप्रोडक्सनमा छौँ । वैशाखको दोस्रो साताबाट छायांकनमा जानेछौँ,” निर्देशक सन्तोष सेनले भने, “सौगात मल्ल र अर्पण थापा अनुबन्ध भइसक्नुभएको छ । अब भोलिबाट अन्य कलाकार अनुबन्ध गर्दै जानेछौँ ।” सिनेमा २ नम्बर प्रदेशका विभिन्न स्थानमा छायांकन हुनेछ ।  

Global Ime bank

समीर बिराज भट्टले निर्देशन गर्न लागेको ‘बाह्र गाउँ’मा पनि अनुबन्ध भइसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement