site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी सरकार : माओवादी मौन, एमालेलाई हतार 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

विराटनगर । केन्द्रमा कांग्रेसलाई छाडेर एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेसँगै कोसी प्रदेशमा कहिले सरकार ढल्छ भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् । 

एमाले कोसी संसदीय दलले गठबन्धन नै फेरबदल भएपछि दलगत हिसाबले अब सदनमा समेत अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले ‘नैतिकता देखाएर’ राजीनामा दिनुपर्ने तर्क अघि सारेको छ । तर, संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दलको नभई व्यक्तिगत सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की टसको मस छैनन् । 

उनले ‘संवैधानिक व्यवस्थाअनुरुप नै मुख्यमन्त्री नियुक्त भएको र अब पनि संविधान मानेरै अघि बढ्ने’ तर्क गरिरहेका छन् । कार्कीले ‘जोरजर्बजस्ती गरेर प्रदेशसभाको मलामी नजान’ भन्दै सार्वजनिक रूपमै सांसदहरूलाई अपिल गरेका छन् । प्रक्रिया मिच्ने काम भए ‘प्रदेशसभा विघटन हुनसक्ने’ उनको चेतावनी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोसीमा सरकार ढाल्न र आफैँ नेतृत्व लिन एमाले बढी हतारिएको देखिन्छ । तर, उसका सहयात्री दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने मौन छन् ।  दुवै दल अहिले पनि कार्की नेतृत्वको सरकारमा छन् । अन्य प्रदेशका मुख्यमन्त्रीले फरक गठबन्धनका मन्त्री बर्खास्त गरिदिए । तर, कोसीमा मन्त्रीहरू आफैँले पनि सरकार छाडेका छैनन् । 

यसबारे मुख्यमन्त्री कार्कीले बाह्रखरीसित भने, “मैले त सर्वदलीय सरकार गठनको आह्वान गरेको छु । मन्त्रिमण्डलमा भइरहनु भएका मन्त्रीज्यूहरूलाई मैले हटाउनुपर्ने कारण नै छैन । यो सरकार रहिरहने हो ।”
माओवादी कोसी संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारबाट बाहिरिने विषयमा कुनै प्रतिक्रिया दिएका छ्रैनन् । 

Global Ime bank

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विराटनगरमा पत्रकार सम्मेलन गरेर आफ्नो दलको धारणा सार्वजनिक गरिसकेका छन् ।  मुख्यमन्त्रीले नैतिकता देखाएर राजीनामा गर्नुपर्ने जिकिर गर्दै भण्डारीले भने, “उहाँले नगरे के गर्ने हो हामी देखाई दिन्छौँ । कुर्सीबाट घोक्रेठ्याक लगाउनु परे त्यो पनि गरिन्छ ।” 

कोसीमा सरकार गठनका सबै उपधारा प्रयोग भइ ५ अनुसार कार्कीले प्रदेशको बागडोर सम्हाल्ने मौका पाएका हुन् । कार्की गत असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।  कात्तिक १ गते राप्रपाबाहेक एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कुल ८६ सांसदले विश्वासको मत दिएका थिए । 

डा. शेखर कोइराला पक्षीय आठ सांसदको दस्तखत गराइ एमालेका ३९ सांसदसँगै मिलेर कार्की सरकारको नेतृत्वमा पुगेका हुन् । अहिले उनीप्रति एमाले नै बढी आक्रामक देखिएको छ । 

कार्की भन्छन्, “कोसीमा सरकार गठनका लागि सबै धारा प्रयोग भई अन्तिम विकल्पको रूपमा ‘पाँच’ प्रयोग भएको हो । अब यही संवैधानिक व्यवस्थालाई मानेर हामी अघि बढ्ने हो ।” 

कार्कीले एमालेका हिक्मत कार्की र कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त हुँदा र विश्वासको मत लिँदा अन्य धारा प्रयोग भइ बाँकी अन्तिम विकल्पको उपधारा ५ प्रयोग भएको बताए । कोसीमा दुई वर्षमा पाँचपटक सरकार फेरबदल भइसकेको छ । 

पछिल्लोपटक मुख्यमन्त्री कार्कीले सरकार टिकाइनुपर्ने औचित्य कांग्रेस सभापति शेरबहादुर देउवा र पदाधिकारीको बैठकमा समेत पेस गरेका थिए । त्यसलगत्तै आफ्नो नेतृत्व रहेका प्रदेशमा कांग्रेसले सरकार टिकाउने पहल लिने केन्द्रीय स्तरबाट निर्णय भएको थियो । 

के छ सरकार ढाल्ने तयारी ?

सरकार छाड्न आग्रह गरे पनि एमालेले सरकार ढाल्ने सबै योजना भने सार्वजनिक गरेको छैन । संवैधानिक जटिलता बुझेर सोहीअनुरुपको रणनीति बनाइएको प्रमुख सचेतक भण्डारीले सुनाए । 

उनले भने, “बहुमत पुर्‍याएर सरकार गठनको लागि प्रदेश प्रमुखसमक्ष पनि जान सकिन्छ । उहाँले संविधानको धारा १६८ का ५ बाहेकका उपधारा बमोजिम सरकार गठन गर्न सक्नुहुनेछ त्यो उहाँको अधिकारको कुरा भयो ।” 

एमालेका एक सांसदका अनुसार पहिले प्रदेशसभाको विशेष अधिवेशन बोलाउने तयारी हुँदैछ ।  सदनमा कांग्रेसका २९ सांसद बसेको लहरमा मुख्यमन्त्री बस्दा अल्पमत प्रस्ट देखिनेछ । र संसदीय प्रणालीअनुसार त्यो नसुहाउने विषय हुनेछ । 

ती सासंदले भने, “सदनको विशेष अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन रुलिङ गराउन सकिन्छ । त्यसबेलासम्म माओवादी र एकीकृत समाजवादीका मन्त्री फिर्ता हुनुहुन्छ ।” 

विश्वासको मत लिने प्रक्रिया वा विघटनकै विषय अदालतसम्म जानसक्ने ती सांसदको भनाइ छ । 

के भन्छन् संविधानविद् ?

संविधानविद् विपीन अधिकारी कोसीमा सबै धारा प्रयोग भई सरकार गठन भएको तर विकल्प रहुन्जेल सरकार गठन हुनुपर्ने बताउँछन् । 

“सम्भावना रहुन्जेल पाँच वर्षको कार्यकालको लागि कार्यभार पाएको प्रदेशसभा रहनुपर्छ भन्ने हो,” विराटनगरमा पत्रकारहरूसँग उनले भने, “संसद्को कार्यावधि बाँकी रहेको अवस्थामा नयाँ सरकार गठनको बाटो बन्द हुँदैन । सरकारले विश्वासको मत लिन सकेन वा अल्पमतमा पर्‍यो भने वैकल्पिक सरकारको गठन हुन रोकिँदैन ।” 

बलियो सरकार बन्न सक्नेभए बन्नुपर्छ भन्ने संविधानको मान्यता रहेको र पहिले साथ दिएकाले साथ छाडेर आफैँ बनाउन सक्ने उनले जिकिर गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC