site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम–२ उपनिर्वाचन : सत्तारुढबीच पनि गठबन्धन हुँदैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निम्ति इलाम– २ मा हुने उपनिर्वाचनमा उमेदवारी दर्ताको मिति नजिकिँदै छ ।  निर्वाचन आयोगको कार्यकतालिकाअनुसार, चैत २४ गते उमेदवारी मनोनयन हुनेछ । 

उमेदवारी मनोनयनको मिति नजिकिएसँगै आकांक्षीहरू तीव्र ‘लविइङ’मा छन् । तथपी दलहरुले उमेदवार सन्दर्भमा कुनै निर्णय लिइकसकेका छैनन् । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 

नवसत्तारुढ दल एमालेको इलाम जिल्ला कमिटीले उमेदवार केन्द्रमा सिफारिस गरिसकेको छ । इलाम जिल्ला कमिटी अध्यक्ष महेश बस्नेतका अनुसार, ६ जनाको नाम सिफारिस गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल छन् । उनीहरूमध्ये सुहाङ नेम्वाङको सम्भावना प्रवल भएको नेताहरू बताउँछन् । उनी सुवास नेम्वाङका छोरा हुन् । 

त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ७ जनाको नाम सिफारिस गरेको छ ।  सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु, शान्तिकला राई तामाङ र नगेन्द्र कुमाल छन् । 

Global Ime bank

पहिलो नम्बरमा सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य हुन् ।  उनी २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता नेम्वाङसँग पराजित भएका थिए । त्यस्तै खड्का ०७९ को निर्वाचनमा पराजित बनेका थिए । 

सत्ता नेतृत्व दल माओवादीमा भने उपनिर्वाचनबारे कुनै छलफल भएको छैन ।  उमेदवार सिफारिसका लागि पार्टी कमितिलाई निर्देशन पनि दिइसकेको छैन ।  “पार्टीमा उपनिर्वाचनबारे कुनै छलफल भएको छैन । उमेदवार सिफारिसका लागिका कमिटीमा निर्देशन पठाइसकिएको छैन,” पार्टी सचिव देवेन्द्र पौडेलले भने । 

त्यस्तै, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार छनोटको प्रक्रियामा छ । रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले आगामी चैत १४ गतेसम्म आन्तरिक रुपमा उमेदवारी दिन आह्वान गरिएको जानकारी दिए । 

“१४ गतेसम्म आवेदन आउन सक्छ । सदस्य संख्या कम भएकाले प्राइमरी इलेक्सनको विधि प्रयोग हुँदैन,” उनले भने, “केन्द्रीय समितिले निर्णय गर्छ ।”

त्यस्तै, सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीमा उपनिर्वाचनबाट बुधबारको सचिवालय बैठकमा छलफल भएको थियो ।  पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, यसबारे गठबन्धन दलमा छलफल गर्ने निर्णय भएको छ । 

उमेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।  इलाम–२ का लागि पार्टीका सम्मानित नेता झलनाथ खनाल आकांक्षी छन् । उनले उमेदवारीका लागि ‘लविइङ’ गर्दै आइरहेका छन् । 

गठबन्धनबाट छुट्टाछुट्टै उमेदवार बन्छन् ?

सत्ता गठबन्धनबाट साझा उमेदवार बन्ने सम्भावना कमै देखिन्छ । माओवादीका सचिव पौडेलले दलहरू एक्ला एक्लै लड्ने तयारीमा देखिएको बताउँछन् । 

“अहिलेसम्म त छुट्टाछुट्टै उमेदवार उठाउने भन्ने कुरा देखिन्छ । कुनै टुंगोमा पुगिसकिएको छैन,” उनले भने ।

एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम उपनिर्वाचनबारे छलफल जारी नै रहेको बताउँछन् ।  “उपनिर्वाचनबारे छलफल हुँदैछ । निष्कर्षमा पुगिसकेका छैनौं,” उनी भन्छन् ।

माओवादीले एमालेलाई सघाउने चर्चा पनि छ । तर, पार्टीका महासचिव देव गुरुङले कुनै निर्णय भइनसकेको बताए । “पार्टीले कुनै निर्णय गरेको छैन । निर्णय आएपछि खबर भइहाल्छ नि,” उनी भन्छन् । 

रास्वपाका सहमहामन्त्री बुर्लाकोटीले पार्टीले छुट्टै उमेदवारीको तयारी गरेको भन्दै गठबन्धनमा चुनावमा साझा उमेदवार बनाउने सहमति नरहेको बताए ।
 
“हामीले आफ्नो उमेदवारीको तयारी गरेका छौं । चुनाव भनेको दलको हो । गठबन्धनको होइन । कुनै दलले उमेदवार नउठाएर कसैलाई सहयोग गर्ने कुरा त भयो । तर, हामीलाई कुनै दलले सहयोग गर्छौं चाहिँ भनेका छैनौं,” उनले बाह्रखरीसँग भने, “हामी सरकारको साझेदार हो । सबै राजनीतिक गतिविधि साझेदारीमा गर्ने भन्ने सम्झौता होइन ।” 

प्रदेशतर्फ बझाङ– १ ‘क’ मा पनि त्यही दिन उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि इलाम २ का लागि २० र बझाङका लागि १९ वटा राजनीतक दल दर्ता दर्ता भएका छन् ।
 
यस्तो छ विगत 

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका उमेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । 

तत्कालीन सत्ता गठबन्धनका उमेदवार कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । उनीहरूबीचको अन्तर ११४ मत थियो । त्यहाँ नेम्वाङले जित हासिल गर्दै आएका थिए ।  रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । 

इलाम– २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC