site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको 'अफर' छोडेर गृहमन्त्री बन्दैमा अपराधी हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए । दोषी जो कोही भए पनि कारबाहीको दायरामा आउने उनको भनाइ छ । 

उनले गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री 'अफर' गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले विरोध गरिरहेको बताए । प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताए ।

उनले भने, "जहाँ हाम्रो उपप्रधानमन्त्री रवि लामिछानेजीको कुरा छ । त्यो कुरा अहिले जुन प्रकारले कांग्रेसले राजीनामाको माग गर्नुभएको छ । त्यो आफैँमा गलत कुरा हो । उहाँहरूको माग संसदीय छानबिन समिति हो । हिजो गठबन्धन परिवर्तन हुँदा उहाँलाई नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन सक्ने तर उहाँहरूको अफर स्वीकार नगर्दा र यो सरकारमा आएर गृहमन्त्री बन्दा अपराधी हुने, ठग हुनेकुरा गलत हो । त्यसैले छानबिन जारी छ । जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ ।"

उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने बताए । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro