site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बलात्कार मुद्दामा दोषी ठहर रोबिन्होले नौ वर्ष जेल बस्नुपर्ने अदालतको फैसला 

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर म्यानचेस्टर सिटी र रियाल मड्रिडका पूर्वफरवार्ड रोबिन्होलाई अदालतले ब्राजिलमा नौ वर्ष जेलमा बस्नुपर्ने सजाय सुनाएको छ ।

सन् २०१७ मा इटालीको अदालतले ४० वर्षीय रोबिन्हो २०१३ मा अल्बालियाकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको हिस्सा भएको जनाउँदै दोषी ठहर गरेको थियो । इटालीको आग्रहपछि ब्रासिल्लियास्थित अदातलले रोबिन्होलाई नौ वर्ष आफ्नै देशमा कैद भुक्तान गर्नुपर्ने निर्देशन दिएको हो । यसविरुद्ध अपिल गर्न सकिने भएकाले रोबिन्हो अहिले नै जेल भने जाने छैनन् ।

१०० क्याप जितेका ब्राजिलका पूर्वफरवार्ड रोबिन्हो उक्त घटना हुँदा इटालियन क्लब एसी मिलानमा आबद्ध थिए । रोबिन्होले आरोपबारे पुनरावेदन गरे पनि इटालीको सर्वोच्च अदालतले २०२२ मा उनलाई सजाय सुनाएको थियो । सर्वोच्चको आदेशपछि इटालियन प्रशासनले रोबिन्होविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

रियाल मड्रिडमा चार सिजन बिताउँदा रोबिन्होले दुईपटक स्पेनिस ला लिगाको उपाधि जितेका थिए । उनले दुई सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीमा बिताएका थिए । यसपछि उनी इटालियन क्लब मिलानमा अनुबन्ध भएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro