site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । 

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र वैशाख १४ गते रिलिज हुँदै छ । भिडियोमा अभिनेत्री केकी र निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भिडियोमा उनीहरूको विवाह र त्यसपछिको परिस्थिति चित्रण गरिएको छ । गीतको भाव अनुसार दृश्य छैन । निर्माण पक्षले यसलाई सस्पेन्स राखेको छ ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर अभिनेत्री केकीले यो फिल्म निर्माण गरेकी हुन् । उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । 

Global Ime bank

महिलालाई ‘बोक्सी’को आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको छ । 

केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement