विदेश
काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित हिंगोलीमा बिहीबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६ बजेर ८ मिनेट (स्थानीय समय)मा सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
१० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पपछि बिहान ६ बजेर १९ मिनेट (स्थानीय समय)मा ३.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो । हिन्दुस्तान टाइम्सबाट ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० ०९:३५
प्रतिक्रिया दिनुहोस्