site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीआईबीको सम्पर्कमा आएका विनोद चौधरीको बयान जारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान भइरहेको छ । बिहानदेखि सरकारी वकिलको कार्यालयमा चौधरीको बयान सुरु भएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए । यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।

ब्यूरोका एक उच्च अधिकारीले चौधरीको बयान सुरु भएको बताए । “उहाँ हाम्रो सम्पर्कमा आएपछि बयान सुरु भएको छ,” स्रोतले बाह्रखरीसँग भन्यो । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको विषयमा अनुसन्धान थालिएको थियो ।

Global Ime bank

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी श्याम ज्ञवालीले पनि चौधरीको बयान जारी रहेको बताए । उनले बयान सकिएपछि के हुन्छ भन्नेबारेमा अहिले केही बताउन नसकिने जानकारी गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC