site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्न सुझाव 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रियसभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गरिएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि पेस गरेका हुन् । 

प्रतिवेदन प्रस्तुत गर्दै उनले श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा रहेको बताए । उनले सगरमाथा प्रदूषण नियन्त्रण समितिको भूमिकालाई प्रवर्द्धन नगरी विश्वमा ताजा र नेपालको शानको रूपमा रहेको सगरमाथाको सफाइमा विशेष ध्यान दिनुपर्ने, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी प्रभावकारी नीतिको अवलम्वन गर्नुपर्ने आवश्यकता औंल्याए । 

मानव र वन्यजन्तु द्वन्द्वको कारण सिर्जित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्ने उनको भनाइ छ । संरक्षित क्षेत्रहरूमा एकीकृत सूचना प्रणाली लागु गर्न, मध्यवर्ती र कोर एरियाबीचको स्पष्ट सीमा निर्धारण हुनुपर्ने, संरक्षित क्षेत्रको सीमांकन जीपीएसका आधारमा निर्धारण गर्नुपर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu