site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले चारैवर्ष संसद् अवरुद्ध गरोस् : गृहमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । “देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन,” उनले भने ।  

Argakhachi Cement Island Ad

एउटा पूरक वा ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने कांग्रेस दूधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्यांकन गरेको उनले बताए । कांग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्न सुझाव दिँदै सो अवधिमा आफूहरूको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । 

लामिछानेले संसद्‌मा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाई सम्मान गर्ने भन्दै छानबिन आयोगको विषय संसद्को अधिकारको कुरा भएको जिकिर गरे ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्