site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साथीको हत्या गरी फरार आरोपित २१ वर्षपछि पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । साथीको हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै ०५९ असोज १४ गते सञ्जय शाहीको हत्या गरी फरार रहेका सोलुखुम्बुका तिखे भनिने तेजबहादुर राईलाई सार्वजनिक गरेको हो ।

काठमाडौंको मरुढोका, इनाटोलस्थित वधशालाभित्र शाहीको हत्या गरिएको थियो । फलामको रडले टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्यापश्चात् शव विष्णुमती खोला किनारमा फाली फरार रहेका राईलाई यही चैत ५ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको सो कार्यालयका डीएसपी सुरक्षा केसीले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, प्रहरीले मीनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्याका ‘योजनाकार’ सोभिता थापालाई १६ वर्षपछि पक्राउ गरेको छ । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सोभिताका भाइ विनोद थापासहितको समूहले उनीमाथि निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा ०६४ असार २६ गते ललितपुरको शंखमूलमा फेला परेको र उपचारका क्रममा मृत्यु भएको डीएसपी केसीले बताइन् ।

सविता थापा (अधिकारी) भनिने सोभिता थापाको योजनामा कुटपिट गरिएको उनले बताइन् । उक्त घटनामा विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए । हिमालयन टेली भ्वाइस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय