site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं तेस्रो प्रदूषित सहर, वायु अस्वस्थकर
फाइल तस्बिर ।

काठमाडौं । विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो नम्बरमा परेको छ । वायु प्रदूषणको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहान ११ः४५ बजेको लाइभ अपडेटअनुसार काठमाडौं तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ ।

सबैभन्दा प्रदूषित थाइल्याण्डको च्याङ माइ सहर रहेको आईक्यू एयरको तथ्यांक छ । त्यहाँ प्रदूषणको मात्रा १९८ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, दोस्रोमा रहेको पाकिस्तानको लाहोरमा प्रदूषणको मात्रा १७५ यूएस एक्यूआई छ । काठमाडौंमा प्रदूषणको मात्रा १७० यूएस एक्युआई पुगेको आईक्यू एयरको तथ्यांक छ । वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रमा सोमबार ललितपुरको भैँसेपाटीमा प्रदूषणको मात्रा १९१ पुगेको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठनले ५० यूएस एक्यूआईभन्दा माथिको वायुलाई अस्वस्थकर मानेको छ । अन्य प्रदूषित सहरहरूमा बंगलादेशको ढाका, भारतको दिल्ली, मुम्बइसहित सेनेगल, दक्षिण कोरिया र बहराइन छन् ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

विश्व स्वास्थ्य संगठनले पीएम वायुमा २.५ (पर्टिकुलेट म्याटर) औषतमा दैनिक पाँच माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा बढी हुन नहुने मापदण्ड राखेको छ । तर, नेपालमा भने वार्षिक औषत ५१.७ हुने गरेको विभागको तथ्यांक छ ।

मंसिरबाट बढ्दै गएको २.५ को मात्रा पुस, माघ हुँदै खडेरीका महिनामा अधिक हुने गरेको छ । मंगलबार बिहान ११ः४५ बजे काठमाडौंको वायुमा पीएमको मात्रा ५० पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro