site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘बालेन र हर्कहरूले गिज्याउन थालिसके, सहकारीपीडितले कहिले न्याय पाउँछन् ?’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका सांसद जीवन परियारले सहकारीपीडितले काठमाडौंको सडकमा उभिएर न्याय माग्दा जनता वाक्कदिक्क भएको बताएका छन् ।

पीडितले न्याय नपाउँदा राजनीतिक रूपमा स्वतन्त्र जनप्रतिनिधि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगर प्रमुख हर्क साङपाङहरूले गिज्याउने अवस्था उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सहकारीपीडितले न्याय नपाउने भए सरकारमा बस्ने नैतिकता कसैलाई नहुने बताए । “देश सुन तस्करको अखडाजस्तो बनेको छ । आमजनता वाक्क र दिक्क भएका छन्, जुन जोगी आए पनि कानै चिरिएको त हैन भन्ने अवस्था भएको छ,” उनले भने, “लाखौँलाख सहकारीपीडितलाई न्याय दिलाउन नसके सरकारमा बस्नुको कुनै औचित्य हुँदैन । बालेन र हर्कहरूले गिज्याएका छन्, पीडितले न्याय कहिले पाउने ? काठमाडौंको सकडमा आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।”

निर्मला पन्त र आरती साहको हत्या, मिटरब्याजको समस्या, उखु किसान र सहकारीपीडितका विषय कांग्रेसले पटक–पटक उठाइरहेको भन्दै उनले उनीहरूले कहिले न्याय पाउने भनी प्रश्न गरे ।

सांसद परियारले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा सानो वा ठूलो कुनै विभेद नगरी सबैलाई कारबाही गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro