site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साढे ५४ लाख बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्धको खोप

काठमाडौं । दादुरा रुबेला खोप अभियान, २०८० अन्तर्गत चैत ३ गतेसम्म साढे ५४ लाख बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको तथ्यांकानुसार ५४ लाख ४२ हजार ४६९ जनाले खोप लगाएका हुन् ।

लक्षित जनसंख्याको यो ९३ प्रतिशत हो । गएको फागुन १३ गतेदेखि सञ्चालित अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकामा खोप लगाउने सरकारको लक्ष्य छ ।

Dabur Nepal
NIC Asia

खोप कभरेजमा वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अगाडि छन् । कोसी प्रदेशमा खोप कभरेज लक्ष्यभन्दा निकै कम छ । कोसीमा नौ लाख ११ हजार ८७१ बालबालिकामा खोप लगाउने लक्ष्य राखिएको छ । हालसम्म पाँच लाख ९४ हजार ८५० जनाले खोप लगाएका छन् ।

यस्तै, मधेश प्रदेशमा १९ लाख ४७ हजार १४२ जनामा खोप लगाउने लक्ष्य छ । हालसम्म १५ लाख ६ हजार ९६ बालबालिकाले खोप लगाएका छन् ।

अभियानअन्तर्गत तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षसम्मका र अरू जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप दिइँदै छ ।

नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइँदै छ । १५ महिनाभित्र लगाउनुपर्ने नौ खोपका १८ मात्रामध्ये कुनै छुटेको भए सोही केन्द्रबाट उपलब्ध गराइन्छ ।

दादुरा संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्न सक्ने,  बालबालिकामा अपांगता हुन सक्ने, मुटुमा समस्या हुने साथै मृत्यु समेत हुन सक्ने जोखिम रहन्छ । यसको निश्चित औषधि उपचार नभएको र खोप नै संक्रमणबाट जोगिने एक मात्र उपाय भएकाले अभियानका समयमा बालबालिकालाई नछुटाई खोप लगाउन महाशाखाको अनुरोध छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro