site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एट्लेटिकोविरुद्धको सहज जितसँगै बार्सिलोना दोस्रो स्थानमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । घरेलु टिम एट्लेटिको मड्रिडविरुद्ध ३–० को सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति एट्लेटिकोको मैदान सिभियस मेट्रोपोलिटान रंगशालामा क्याटालन जायन्टलाई जित दिलाउन जाओ फेलिक्स, रोबर्ट लेवान्डोवस्की र फेर्मिन लोपेजले गोल गरे ।

खेलको ३८औँ मिनेटमा एट्लेटिकोबाटै ‘लोन’मा रहेका फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । ४७औँ मिनेटमा लेवान्डोवस्कीको गोलमा बार्सिलोनाले अग्रतालाई २–० मा पुर्‍यायो । ६५औँ मिनेटमा लोपेजले गोल गरेपछि बार्सिलोनाले घरेलु टिमलाई ३–० ले निराश बनाएको हो ।

जितसँगै २९ खेलबाट ६४ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा आसीन रियाल आठ अंकले अगाडि छ । रियालले समान खेलबाट ७२ अंक जोडेको छ । पाँचौँ स्थानको एट्लेटिकोको २९ खेलबाट ५५ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !