राजनीति
काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि युवा दस्ता गठन गर्ने निर्णय गरेको छ । शनिबार र आइतबार पर्साको वीरगन्जमा पार्टी अध्यक्ष सीके राउतको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले कोसीमा चलिरहेको पहिचान आन्दोलनको नेतृत्व गर्ने पनि निर्णय गरेको छ ।
यस्तै, बैठकले मधेस–थरुहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन पनि नेतृत्व गर्ने निर्णय गरेको छ ।
प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानन चाँडै निर्माण गराउन पहल गर्ने निर्णय जनमतले गरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० २०:०६
प्रतिक्रिया दिनुहोस्