site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुईतिहाइ जनसंख्या आर्थिक रूपमा सक्रिय, सबैभन्दा बढी कर्णालीमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा १० वर्षभन्दा माथिको कुल जनसंख्याको करिब दुईतिहाइ आर्थिक रूपमा सक्रिय रहेको छ । १५ देखि ६४ वर्ष उमेर समूहलाई आर्थिकरूपमा सक्रिय जनसंख्या भनिन्छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा ६५.६ प्रतिशत जनसंख्या आर्थिक रूपमा सक्रिय छन् । तीमध्ये आर्थिकरूपमा सक्रिय पुरुष ७५ प्रतिशत र महिला ६०.४ प्रतिशत छन् ।

प्रदेशगत रूपमा कर्णालीमा आर्थिक रूपमा सक्रिय जनसंख्या सबैभन्दा बढी ७२ प्रतिशत छ । कोसीमा ७१.१ प्रतिशत र सबैभन्दा कम मधेसमा ५७.३ प्रतिशत जनसंख्या आर्थिकरूपमा सक्रिय छ । आर्थिक रूपले सक्रियमध्ये रोजगारीमा रहेका पुरुष ९३.८ प्रतिशत र  महिला ९२ प्रतिशत छन् ।

रोजगारीको अनुपात सबै भौगोलिक क्षेत्र, नगर गाँउपालिका र प्रदेशमा लगभग समान रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

आर्थिकरुपले सक्रिय जनसंख्यासँग शून्यदेखि १४ वर्ष र ६५ वर्ष वा सोभन्दा माथिको आश्रित जनसंख्याको अनुपात ५३.३ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro