site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुरामपक्षीय बैठकमा ‘२० जना सहभागी’, महिन्द्र समूहलाई कारबाहीको तयारी
डा. बाबुराम भट्टराई (बायाँ) र महिन्द्र राय यादव (दायाँ) ।

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा जारी बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर नेताहरू सहभागी छन् ।

नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सहमति गरेका अर्का अध्यक्ष महिन्द्र राय यादव बैठकमा सहभागी छैनन् । २९ सदस्यीय कार्यकारिणी समिति सदस्यमध्ये बैठकमा ‘२० जना सहभागी’ भएका छन् । दुई सदस्य आउने क्रममा र एकजना अमेरिकामा रहेका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने महिन्द्र पक्षले शनिबार सहमति गरेको थियो । उनीहरूलाई पार्टीको जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ ।

शनिबार माओवादी केन्द्र र मन्हिन्द्रपक्षीय नेताको संयुक्त बैठकबाट पार्टी एकताका निम्ति तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा र नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् ।

सो बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ र नेपाल समाजवादी पार्टीका तर्फबाट अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro