site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो : सहअध्यक्ष श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरूको सिंगो पार्टी नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँग उनले सिंगो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको जिकिर गरेका हुन् ।

उनले कुनै एक पक्ष मात्र एकता गर्न लागेको भन्ने विषय सत्य नभएको तर्क गरे । नेसपाले गएको मंसिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्न संयोजन समिति बनाएको उनले उल्लेख गरे । सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनावअघि नै सहमति भएको बताए । पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको उनले सुनाए ।

उनले आफूहरू पार्टी एकता गर्ने डेढ वर्षअघिको सहमतिअनुरूप अगाडि बढेको बताए । चाँडोभन्दा चाँडो पार्टी एकता हुने उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग गंगानारायण श्रेष्ठले व्यक्त गरेको भनाइ पढ्नोस्–

अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि । नेपाल समाजवादी पार्टीको बैठक बसेको हो । नेपाल समाजवादी पार्टीको बैठक बस्दै गर्दाखेरि नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन । यो त नेपाल समाजवादी पार्टीको एकता संयोजन समिति र नेकपा (माओवादी केन्द्र) एकता संयोजन समितिको बीचमा संयुक्त बैठक बसेको हो । त्यसो भएको हुनाले यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष, त्यो पक्ष होइन । नेपाल समाजवादी पार्टी । सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । त्यो त हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौँ । र, त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय गर्‍यो । पार्टी एकता गर्ने भनेर हिजो चुनावभन्दा अगाडि नै हामी तयार भएको हो नि । विविध कारणले गर्दा पार्टी एकता गर्न सकेनौँ । र, पार्टी एकता गर्न नसकिसके पछाडि नेकपा (माओवादी केन्द्र)को गोलाकारभित्रको चुनाव चिह्न हामी नेपाल समाजवादी पार्टीको तर्फबाट पनि लिएर हामी चुनाव लडेको हो । त्यो त पार्टी एकता गर्ने सर्तसहित गरेको थियौँ नि त । हामी डेढ वर्षअगाडिको जुन सहमति हो, त्यो सहमतिअन्तर्गत नै अगाडि बढेका छौँ र आज त्यसलाई अझ ठोस, अझ मूर्त निर्णयमा पुर्‍याएका छौँ ।

हामीले अहिले चाहेर पनि नेपाल समाजवादी पार्टीको सांसद भनेर कानुनी रूपमा दाबी गर्ने ठाउँ रहँदैन । पार्टीगत हिसाबले नेपाल समाजवादी पार्टीको हामी नेता हौँ । तर, कानुनी हिसाबले, संसदीय दलमा आबद्ध भएको हिसाबले हामीले एकल चुनाव चिह्नमा चुनाव लडेको कारण नेपाल समाजवादी पार्टीको नभएर नेकपा (माओवादी केन्द्र)को संसदीय दलको सदस्य हौँ । हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडि महेन्द्रजी (महिन्द्र राय यादव) यहाँ मन्त्री हुनुभयो । अहिले पुनर्गठनमा पर्नु भएन । म आजको दिनसम्म वाग्मती प्रदेश सरकारको मन्त्री छु । हिजो हामीले यो मन्त्री पद लिँदाचाहिँ पदलोलुप नहुने, आज महेन्द्रजीको मन्त्री पद गइसक्यो । उहाँहरू (बाबुराम भट्टराई पक्षधर)ले भनेको मन्त्री पदको लागि हो भने त महेन्द्रजीको पद गइसक्यो । सबैभन्दा रिसाएर पार्टी एकता नगर्ने भनेर त उहाँ (महिन्द्र राय यादव)ले भन्नुपर्ने हो नि । त्यसकारणले व्यावहारिक रूपमै त्यो खण्डन भइसकेको छ । मेरो कुरा, अहिले मलाई मन्त्री बनाइदिएको कुरा त होइन । मैले मन्त्री पद जोगाइदेऊ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन । राजनीतिक ढंगले हामीले जुन निर्णय गर्‍यौँ नि पार्टी एकता गर्ने, त्यो निर्णयमा इमानदार भएर, प्रतिबद्ध रहेर हामी अगाडि आइराखेका छौँ । जो साथीहरूले यसो (सत्ताका लागि) भन्नुहुन्छ, उहाँ साथीहरूले पार्टी एकता चाहनु हुन्न । सत्य कुरा त्यो हो । दुई पार्टीसँगसँगै अरू पार्टीहरूलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रोबीचमा छलफल चलेको छ । तिथिमिति नै घोषणा गर्ने खालको अवस्था त नहोला । छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro