site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । धार्मिक आवरणमा महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राजधानीबाट एक बौद्ध धर्मगुरुलाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) ले दक्षिणकालीमा रहेको टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको हो । 

बिरामी भएका महिलालाई दैवी शक्तिबाट उपचार गरी निको पार्ने भन्दै उनले यौन शोषण गर्ने गरेको रहस्य खुलेपछि प्रहरीले पक्राउ गरेको हो । धर्मगुरुबारे थप अनुसन्धान भइरहेको सीआईवीका प्रमुख डीआईजी पुष्कर कार्कीले बताए । 

उनका अनुसार रिम्पोछेले आफ्नो अनुमति बिना विवाह गरे वा आफूबाहेक अन्य पुरुषसँग शारीरिक सम्पर्क राखे अनिष्ट हुने भन्दै युवतीहरुलाई धम्क्याउँदै आएका थिए । 

“केस अत्यन्तै संवेदनशील छ, दुई जना पीडित सम्पर्कमा आएका छन् । पीडित अरुपनि रहेको हुन सक्ने हाम्रो आशंका छ,” डीआईजी कार्कीले भने, “अनुसन्धानकै क्रममा काएकाले धेरै कुरा खुलेको छैन, तर लामाको गतिविधि निकै संकास्पद छ । अनुसन्धान जारी छ ।” 

सिन्धुली दुम्जाका धर्मगुरुले आफू अवतारी लामा भएको र जस्तोसुकै रोग पनि निको पार्ने भन्दै महिलालाई एकान्त कोठामा लगेर जबर्जस्ती गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लामाले कोठाभित्र भएको कुरा अन्य कसैलाई सुनाए रोग निको नहुने र मृत्यु हुने भन्दै त्राससमेत फैलाएर पीडितहरुलाई मुख खोल्न नदिने गरेको अनुसन्धानबाट खुलेको डीआईजी कार्कीले बताए । 

लामाले सामाजिक सञ्जालमा महिलाको नग्न तस्बिरसमेत पोस्ट गर्ने गरेको देखिएको छ ।

दश वर्षदेखि गुम्बा सञ्चालन गरी बसेका लामाले धेरै महिलालाई बलात्कार गरेको हुन सक्ने प्रहरी अनुमान छ । आफूले बोलेको पुग्ने भन्दै लामाले आफ्नो विरुद्धमा बोल्ने मान्छे आफैं मर्ने भन्दै तर्साउँदै आएका कारण घटना लामो समयसम्म लुकेको र एक पीडितले अर्कालाई खुलेर बताउने नगरेको प्रहरीले बताएको छ । 

“धार्मिक आवरणमा लामाले गरेका कर्तुतका बारेमा पीडितहरु बिस्तारै आउने क्रममा छन्, हामी अनुसन्धान गर्दैछौं । लामो समयको निगरानीपछि लामालाई नियन्त्रणमा लिएका हौं । काठमाडौं जिल्ला अदालतबाट जबर्जस्ती करणी र साइबर क्राइमको मुद्दा चलाएर अनुसन्धान थालेका छौं,” डीआईजी कार्कीले भने ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro