विदेश
काठमाडौं । साइप्रस–गाजा मानवीय सामुद्रिक करिडोरमार्फत पहिलो सहायता जहाज गाजापट्टी पुगेको छ । प्यालेस्टाइनी एन्क्लेभको तटमा पुगेर सहायता सामग्री प्रदान गरिएको बताइएको छ ।
जहाजमा रहेका २०० टन मानवीय सहायता वर्ल्ड सेन्ट्रल किचेनका कामदारले प्राप्त गरेका थिए । जसले खाद्यान्न अभावको चपेटामा परेका स्थानीय जनतालाई वितरण गर्न सहज बनाउनेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० ०९:०३
प्रतिक्रिया दिनुहोस्