काठमाडौं । सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ ।
शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।
कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आगामी सोमबार नै सार्वजनिक तयारी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य मुकुल ढकालले जानकारी दिए ।
"हामीले पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छौँ । त्यो प्रधानमन्त्री र शीर्ष नेताहरूलाई बुझाएको छौँ । उहाँहरूको बैठक बसी यसलाई अन्तिम रूप दिए सकेसम्म सोमबार सार्वजनिक गरिनेछ । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिएका छौँ," उनले भने ।