site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले गरे जलेश्वरनाथको पूजा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।
    
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए । उनले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजा अर्चना गरेका थिए । 

यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए ।

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्वर्गीय गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन गएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu