site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन खेलकुद मन्त्रालयको निर्देशन
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दु:ख व्यक्त गरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच हुने भनिएका दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण नेपालमा हुन सकेनन् ।

"...मैदानको नाजुक अवस्थाकै बीच मर्मतसम्भार बिना नै निरन्तर खेलकुदलगायत अन्य गतिविधिहरू भइरहेकोतर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्ने नेपाली खेलप्रेमी दर्शकको चाहना हुँदाहुँदै पनि नेपालले आफ्नो घरेलु खेलसमेत बाहिरै खेल्नुपर्ने अवस्था आउनु दुःखद छ," मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ ।

राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर नीतिगत अन्योलताको अन्त्य गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्रालयले जनाएको छ ।

Khelkud-Mantralaya-1710506342.png
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro