site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शासन प्रणालीमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्न सक्दैन : वामदेव गौतम
फायल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिए पनि शासन, उत्पादन र निर्वाचन प्रणाली त्यही रहेकाले आमूल परिवर्तन आवश्यक रहेको उनले औँल्याए ।

शुक्रबार राष्ट्रियसभा बैठकमा उनले यी तीन क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्न नसक्ने बताए । सरकारले एक वर्षमा पूरा हुने गरी आउँदो आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।

सांसद गौतमले बजेटको प्राथमिकता र सिद्धान्त १० वर्षमा पूरा गर्ने खालको भएकाले पनि यसको सान्दर्भिकता नभएको जिकिर गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro