अर्थ व्यवसाय

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गर्ने कारोबारमा छुट दिने भएको हो ।
बैंकले ग्राहकले डेबिट कार्डमार्फत कारोबार गरेमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ । क्रेडिट कार्डमार्फत कारोबार गरेमा अधिकतम २०० सम्म छुट पाइनेछ ।
क्यास ब्याक बिगमार्टका रामबजार, पर्स्याङ, बगर, शितलादेवी र फूलबारी शाखाबाट उपलब्ध हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १९:३५
प्रतिक्रिया दिनुहोस्