काठमाडौं । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शाउ जि च्यूले टिकटक प्रतिबन्ध गर्ने गरी अमेरिकाको तल्लो सदनले पास गरेको विधेयकको विरोध गरेका छन् ।
अमेरिकी तल्लो संसद्ले बुधबार ६ महिनाभित्र टिकटकको मुख्य कम्पनी बाइटडान्सको अमेरिकास्थित सम्पत्ति बेच्न वा प्रतिबन्धको सामना गर्नुपर्ने किसिमको विधेयक पास गरेको थियो ।
टिकटकका सीईओ च्यूले प्रयोगकर्तालाई आफ्नो संवैधानिक अधिकारको रक्षाका लागि प्रतिबन्धको विरोध गर्न आग्रह गरेका छन् । यस कदमले अमेरिकामा ३० हजार रोजगारी र टिकटक गुम्ने उनले बताएका छन् ।
अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन् । त्यहाँ कयौँ ससाना उद्यमहरू टिकटकमा निर्भर छन् ।
अमेरिकी तल्लो सदनले पारित गरेको विधेयकको कतिपय सत्तारूढ डेमोक्रेट पार्टीकै सांसदले पनि विरोध गरेका थिए ।
विवानबाट ।