site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टिकटक नियन्त्रण रोक्न अमेरिकालाई चीनको आग्रह
प्रतीकात्मक तस्बिर ।

बेइजिङ । टिकटकलाई लक्षित गर्दै अमेरिकाले बुधबार विधेयक अगाडि बढाएपछि चीनले बिहीबार अरू देशका कम्पनीमाथि अनुचित दमन रोक्न आह्वान गरेको छ ।

अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमानदारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने चीनका वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताए ।

“सम्बन्धित पक्षले चिनियाँ कानुन र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने र चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपाय अवलम्बन गर्ने,” उनले पत्रकार सम्मेलनमा भने ।

यसै हप्ता यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटकसम्बन्धी बिललाई अनुमोदन गरेको छ, जसमा टिकटकलाई या त यसले मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने वा राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने जनाइएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro