site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटको प्राथमिकता र सिद्धान्तमा समेटिएका विषय मन्त्री फेरिएकै कारण नहटून : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री फेरिन बित्तिकै बजेटको सिद्धान्त र प्राथमिकतामा समेटिएका विषय हट्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले सरकारले प्राथमिकताका साथ सिद्धान्त र प्राथमिकतामा राखेका विषयलाई राज्यको आवश्यकता ठानेर हटाउन नहुने बताए ।

युवा तथा विकास लक्षित कुराहरूलाई प्राथमिकताका साथ समावेश गरिएको भन्दै उनले त्यसलाई जस्ताको त्यस्तै राख्नुपर्ने बताए ।

“आगामी आर्थिक वर्षको बजेट कस्तो बनाउने भन्ने सन्दर्भमा केही विषयहरू उल्लेख भएका छन् । तर, मन्त्री फेरिएकै कारणले यी विषयहरू फेरिने छैनन् भन्ने मेरो विश्वास छ,” उनले भने ।

उनले सार्वजनिक खर्च नियन्त्रण, मूल्य वृद्धिमा टेवा, दोहोरो संरचना खारेज गर्ने, निर्माणाधीन आयोजना सम्पन्न गर्ने, पूर्वतयारी नपुगेको योजनामा बजेट विनियोजन नगर्ने, राजस्व परिचालन क्षमता वृद्धि गर्नेसहित महत्त्वपूर्ण प्रतिबद्धता पनि राखिएको बताए ।

“आर्थिक समस्या पहिचानदेखि उक्त समस्याले निम्त्याएको परिणाम पछिल्लो समय केही सुधार आएको दाबी गरेको छ । अबको बजेटमा केके विषयलाई प्राथमिकतामा राख्ने भन्ने कुराहरू यसभित्र उल्लेख गरिएको स्थिति छ । चालु आर्थिक वर्षको बजेटमा प्राथमिकता र आगामी वर्षका लागि प्रस्तावित प्राथमिकताका आधारमा सारभूत विषयमा समानता रहेको देखिन्छ,” उनले भने, “यसमा एकरूपता र निरन्तरता मात्र हैन, केही नयाँ विषयलाई समेत प्राथमिकतामा प्राथमिकतामा राखिएको छ । जस्तै सूचना प्रविधिको विषय यसले उच्च दक्ष युवा जनशक्तिलाई आकर्षित गर्नेछ । र, वैदेशिक मुद्रा भित्र्याउन र नेपालको परिचय विश्वमा स्थापित गर्न पनि मद्दत पनि गर्नेछ । सिद्धान्त र प्राथमिकताले तत्काल भएका सुधार, अर्थतन्त्रका चुनौती र भावी कार्यदिशाका सन्दर्भमा संक्षिप्त र केही तथ्यहरू यसभित्र उल्लेख भएको देखिन्छ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro