site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अब बहुउद्देश्यीय सहकारीको काम छैन : पूर्वअर्थमन्त्री डा. खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको काम नभएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘पहिलो डिजिटल सम्मेलन’मा उनले यस्तो बताएका हुन् । एउटा मात्र काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ छ ।

उनले बहुउद्देश्यीयका नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीको अब काम नभएको बताए । अब बहुउद्देश्यीय सहकारीलाई क्षेत्रगत र उद्देश्यकेन्द्रित बनाउन जरुरी रहेकामा उनले जोड दिए ।

उनले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताका क्षेत्रमा काम गर्न आवश्यक रहेको औँल्याए । पछिल्लो समय बहुउद्देश्यीयका नाममा नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्र बनाइएको उनले बताए ।

नोटको प्रयोग घट्दै गएकाले अब सहकारी पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको उनले उल्लेख गरे ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीका गतिविधिबारे जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको बताए । सदस्यका हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro