site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपालमा दर्ता भयो भाइबर, लिङ्क्डइन र स्न्यापच्याट प्रक्रियामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका अनुसार नेपालमा भाइबर दर्ता भएको छ ।

भाइबरको मुख्य लक्जमबर्ग आधारित राकुटेन इङ्कल फागुन २४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण भएको हो । यसले एमओआईसीटी/एसएनआर१ दर्ता नम्बर पाएको छ ।

निर्देशिकाले नेपालमा कुनै पनि सामाजिक सञ्जाल सञ्चालनमा आउनुअघि सञ्चार मन्त्रालयमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही अनुसार भाइबर दर्ता भएको हो । लिङ्क्डइन र स्न्यापच्याटले पनि दर्ता हुन आवेदन दिएका छन् ।

सञ्चार मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाइका संयोजक रमेश पाण्डेयले यी कम्पनीले दर्ता हुन आवेदन दिएको र कागजात नमिलेपछि थप माग गरी दर्ता प्रक्रियामा रहेको बताए ।

Global Ime bank

एसिया इन्टरनेट कोलिसन (एआईसी)ले सरकारले सार्वजनिक गरेको सामाजिक सञ्जाल व्यवस्थापन एवं साइबर सुरक्षा सम्बन्धी ऐनको मस्यौदामा राख्नका लागि मन्त्रालयलाई पत्र काट्दै केही सुझाव पठाएको पनि उनले बताए ।

उपसिचव पाण्डेयले आफूहरूले केही मत्त्वपूर्ण सुझावसमेत एआईसीबाट प्राप्त गरेको र तिनलाई मस्यौदामा राख्ने तयारी भएको बताए ।

सामाजिक सञ्जाल दर्ता गर्ने प्रावधान हटाउन भनेर विश्वका ठूला सामाजिक सञ्जाल जोडिएको एआईसीले पत्राचार गरेको भन्ने विषय भने आफूलाई थाहा नभएको उनले बताए ।

“केही महत्त्वपूर्ण सुझाव एआईसीबाट प्राप्त भएको छ र ती समेटिएका पनि छन् । बाँकी सरकारले गरेको सामाजिक सञ्जाल दर्ता हुनुपर्ने व्यवस्था कसैले भनेर हट्ने भन्ने पनि होइन । तर, त्यस्तो पत्र मन्त्रालयसँग आएको पनि थाहा छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय