site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एमजीले भारतमा पाँच नयाँ मोडल ल्याउँदै, प्राथमिकतामा ईभी

काठमाडौं । एमजी मोटरले जेएसडब्ल्यूसँगको सहकार्यमा भारतमा नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । कम्पनीले साना र प्रिमियम विद्युतीय गाडीको व्यापक उत्पादनलाई लक्षित गर्दै यस्तो योजना घोषणा गरेको हो ।

एमजी मोटर भारतका अध्यक्ष राजीव चाबाले पाँच नयाँ मोडलहरू सन् २०२५ को अन्त्यसम्म बजारमा आउने बताए । यी नयाँ गाडीहरू विद्युतीय (ईभी) र पेट्रोलियम इन्जिनका रहनेछन् । 

नयाँ मोडलहरूमा एमजी क्लाउड ईभी रहेको छ । कम्पनीले बिंगो ईभी ह्याचब्याकपछि यो नयाँ क्लाउड ईभीको घोषणा गरेको हो । यसको रेन्ज ३३३ किलोमिटर रहने बताइएको छ ।

कम्पनीले नयाँ डी–सेग्मेन्टको एयूभी पनि ल्याउने बताइएको छ । यस्तै, हायरएन्ड गाडीहरुका लागि छुट्टै आउटलेट खोल्ने लक्ष्य राखेको छ ।

एमजीले ल्याउँदै गरेको साइबरस्टर गाडीले ईभीतर्फ यसको लगावलाई झल्काएको छ ।

नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यसै वर्ष साइबरस्टर नेपाल ल्याउने जनाएको छ । भारतमा बन्ने नयाँ गाडीहरू पनि चाँडै नेपाल भित्र्याउने कम्पनीको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro