site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमै पहिलोपटक असुसले ल्यायो एआई ल्यापटप, यस्ता छन् फिचर

काठमाडौं । असुसले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्यापटप सार्वजनिक गरेको छ । माइक्रोसफ्ट र क्वालकमसँगको सहकार्यमा कम्पनीले १५.६ इञ्चको एआई पीसी सार्वजनिक गरेको हो ।

असुसका लागि नेपालको आधिकारिक वितरक नागमणी इन्टरनेसनलले असुस भिभोबुक विन्डोज ११ मा आधारित कोपाइलटसहितको भिभोबुक एस १५ सार्वजनिक गरेको हो ।

१५.६ इञ्चको यो ल्यापटपमा विभिन्न नयाँ एआई फिचर छन् भने कोपाइलटका लागि ल्यापटपको किबोर्डमै डेडिकेटेड बटन रहेको छ ।

के छन् विशेषता ?

ल्यापटमा रहेको स्न्यापड्र्यागन एक्स एलिट न्युरल प्रोसेसिङ युनिट (एनपीयू) विश्वकै तीव्र एनपीयू रहेको कम्पनीको दाबी छ । यसले ४५ ट्रिलियन टास्क प्रतिसेकेन्ड गर्नसक्ने हुँदा एआईका लागि उत्कृष्ठ रहेको असुसले जनाएको छ ।

१४.७ मिलिमिटर पातलो र एक किलो ४२० ग्राम तौल रहेको ल्यापटपमा ७० वाटआवरको ब्याट्री १८ घण्टा टिक्ने बताइएको छ । ल्यापटपले ५.८ जीबीपीएस वाईफाई सात सपोर्ट गर्ने बताइएको छ । चार्जिङका लागि ९० वाटको एसी एड्याप्टर छ ।

ल्यापटपमा ३के १२० हर्जको लुमिना ओलेड डिस्प्ले रहेको छ, जसको स्क्रिनटूबडी रेसियो ८९ प्रतिशत छ । क्वालकमको स्न्यापड्र्यागन एक्स एलिट प्लेटर्फममा बनेको ल्यापटमा ओरियन सीपीयू, हेक्जागन एनपीयू र एन्ड्रेनो जीपीयू छ ।

१६ जीबी र्‍याम र एक टेराबाइटसम्म स्टोरेज रहेको ल्यापटपमा एफएचडी आईआर एवं एआईसेन्स क्यामेरा छ ।ल्यापटपमा दुईवटा यूएसबीफोर, दुईवटा यूएसबी ३.२ जेन १ टाइप–ए, एउटा एचडीएमआई २.१ टीएमडीएस, एउटा अडियो कम्बोज्याक र एउटा माइक्रोएसडी कार्ड रिडर पोर्ट रहेको छ ।

कोपाइलट कि समेत रहेको ल्यापटपमा आरजीबी किबोर्ड छ । स्मार्ट गेस्चर र साइलेन्ट चटप्याड रहेको ल्यापटपमा डल्बीएटम्स अडियो सिस्टम छ ।

कति छ मूल्य ?

असुस भिभोबुक एस १५ (एस५५०७)को १६ जीबी र्‍याम र एक टेराबाइट स्टोरेज रहेको ल्यापटपको मूल्य नेपालमा दुई लाख ९ हजार ९०० रुपैयाँ रहेको छ । नागमणीले असुसका ल्यापटपमा दुई वर्षको ग्लोबल वारेन्टी दिने बताइएको छ । 

यस्तै, यी ल्यापटपमा पर्फक्ट ग्यारेन्टी सुविधामार्फत ग्राहकले पहिलोपटक टुटेफुटेकै ल्यापटपसमेत मर्मत गर्दा २० प्रतिशतमात्रै शुल्क लाग्ने कम्पनीले जनाएको छ । सफ्टवयरसम्बन्धी मर्मतसम्भारमा भने हरेक पटक ८० प्रतिशत छुट र २० प्रतिशत मात्रै पैंसा तिर्नुपर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro