site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एप्पल म्याप्स १२ वर्षपछि वेब संस्करणमा, गुगललाई टक्कर दिने

काठमाडौं । एप्पलले बुधबार आफ्नो म्याप्स (नक्सा)को वेब संस्करण सार्वजनिक गरेको छ । यससँगै अब आफ्नो ब्राउजरबाट गुगलकोझै एप्पलको नक्सा पनि हेर्न सकिने भएको हो ।

लामो समयदेखि वेबमा उपलब्ध गुगल म्याप्सलाई टक्कर दिन अब एप्पल म्याप्स पनि वेब संस्करणमा आएको छ ।

एप्पलको म्याप्स म्याक र आईप्याडमा क्रोम तथा सफारी र विन्डोजको समेत क्रोम र एजमा उपलब्ध भएको छ ।

हाल अंग्रेजी भाषामा उपलब्ध म्यापलाई आगामी दिनमा अन्य भाषा, ब्राउजर र प्लेटफर्मममा उपलब्ध गराउने जनाएको छ ।

एप्पलले आईफोनमा म्याप्स ल्याएको १२ वर्षपछि मात्रै वेब संस्करण ल्याएको हो । यसलाई अन्य वेबसाइटमा पनि प्रयोग गर्न सकिने र फिचरहरू थप्दै जाने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro