राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले सांसदलाई ह्विप जारी गरेको जानकारी दिइन् ।
“आज बसेको बैठकबाट पक्षमा मतदान गर्न ह्विप जारी गरेको छु,” उनले बाह्रखरीसँग भनिन् । नागरिक उन्मुक्ति पार्टी नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी छ । उनले केन्दसँगको समीकरण अनुसार नै प्रदेशमा पनि अघि बढिने बताइन् ।
“प्रदेशका सन्दर्भमा त्यस्तो विवाद छैन । केन्द्रको समीकरण अनुसार तल पनि हामी मिलेर जान्छौँ,” उनले भनिन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १८:५३
प्रतिक्रिया दिनुहोस्