site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियाली छनोट खेल्ने तेक्वान्दो टोली चीन जाँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएका छन् । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदै छ ।

पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् । छनोट मार्च १५ र १६ मा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दै छ ।

पेरिस पारालिम्पिक छनोटअन्तर्गत के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन् । बाँकी दुईको भने यो ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

Global Ime bank

प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । मार्च १७ मा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर भएको बताउँदै खेलाडीको तयारीबारे चासो व्यक्त गरेका थिए ।

“छनोट प्रतियोगिता तपाईंहरूका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन । संगीना वैद्य र दीपक विष्टले त्यो उपलब्धी हासिल गर्नु भएको छ । उहाँहरू पछि तपाईंहरूलाई इतिहास रच्ने मौका छ,” सदस्य–सचिव घिसिङले भने, “निर्भीक भएर उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नुस् । खेलका दौरान खेलाडी मात्र होइन प्रशिक्षक पनि चनाखो हुन एकदमै जरुरी छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय