site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नर्सिङ कलेजलाई अनुमति नदिएर त्रुटि गर्‍यौँ : राष्ट्रियसभा सदस्य गैरे

काठमाडौं । राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नर्सिङ र मेडिकल कलेजलाई शिक्षण अनुमति नदिएर त्रुटि गरिएको बताएकी छन् । आइतबार राष्ट्रियसभा बैठकमा आउँदो आर्थिक वर्ष २०८१/८२ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

नेपालमा नर्सिङ पढ्न नपाएपछि विद्यार्थी विदेशिन बाध्य भएका उनले उल्लेख गरिन् । नेपालमा पढ्न नपाउँदा विद्यार्थीले विदेशमा दुःखसाथ पढ्नुपरेको भन्दै उनले यसबारेमा सरकारले सोच्नुपर्नेमा जोड दिइन् ।

“आज युवाहरू शिक्षाको नाममा दिन प्रतिदिन बहिर्गमन भइरहेका छन् । हिजो हामीले केही त्रुटि गर्‍यौँ भन्ने मलाई लाग्दछ,” उनले भनिन्, “हामीले नर्सिङ कलेज, मेडिकल कलेजहरूलाई शिक्षणका लागि अनुमति नदिने, त्यसलाई साँघुरो बनाउँदाखेरि आज हाम्रो भाइबहिनीहरू भारतको बोर्डरहरूमा, बंगलादेश र युरोपियन देशहरूमा गएका छन् । धेरै दुःख पाएका छन् । त्यसकारणले अबको सरकारले सोच्नुपर्दछ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro