राजनीति
काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साहले शपथ लिएका हुन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव र सांसद साहले मन्त्री पदको शपथ लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।
नेकपा (एमाले), माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भएका मन्त्रीहरूले फागुन २१ र २३ गते नै शपथ ग्रहण गरिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १२:०५
प्रतिक्रिया दिनुहोस्