प्रविधि
काठमाडौं । गत वर्ष (सन् २०२३) मा इन्स्टाग्रामले कुल एप डाउनलोड संख्याका आधारमा टिकटकलाई उछिनेको छ ।
चिनियाँ प्रतिद्वन्द्वी टिकटकको छोटो भिडियो राख्ने फिचरको नक्कल गरेसँगै अमेरिकी कम्पनीले प्रयोगकर्ता बढी पाएको हो ।
इन्स्टाग्रामको कुल एप डाउनलोड सन् २०२३ मा एक वर्षअघिको तुलनामा २० प्रतिशतले बढेर ७६ करोड ८० लाख पुगेको छ ।
यसै अवधिमा टिकटकको डाउनलोड चार प्रतिशतले बढेर ७३ करोड ३० लाख पुगेको छ । इन्स्टाग्रामको रिल फिचरले टिकटकलाई पछि पार्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० ११:२८
प्रतिक्रिया दिनुहोस्