site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सामन्तको पार्टी, एमालेका कार्यकर्ताको शिर निहुरियो : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विकल्प नरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले अहिले जनतालाई पनि देश बनाउन प्रचण्डको विकल्प नरहेको लागिरहेको जिकिर गरे ।

"कांग्रेस, एमालेबाट निर्वाचित भएकाहरूले पनि बाटोमा जुनजुन पालिकाहरू परे तिनीहरूले हामीलाई भित्रि हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्ने कुरा हामीले त बुझेको कुरा हो । जनताले पनि त्यो बुझे," सापकोटाले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपाली कांग्रेस प्रजातान्त्रिक सामन्तहरूको पार्टी भएको आरोप लगाए । एमालेको कामले आफ्नै कार्यकर्ता पनि शिर निहुराएर लज्जाबोध गर्ने गरेको बताए ।

"अहिले कांग्रेसलाई पनि हेरिरहेका छन् । एमालेलाई पनि हेरिरहेका छन् । अझ कांग्रेस त त्यस्तै पार्टी हो, हामीले जानेकै पार्टी हो । त्यो प्रजातान्त्रिक सामन्तहरूको पार्टीमा मान्छेलाई धेरै आशा थिएन । तर, एमालेका कार्यकर्ताहरूको हामी जहाँ जहाँ पुग्यौँ, त्यहाँ शीर निहुरिएको छ । उनीहरू असाध्यै लज्जास्पद छन्," उनले भने ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्