site stats
बाह्रखरी :: Baahrakhari
देश
सिराहामा जाँतो प्रहारबाट महिलाको हत्या, श्रीमान् घाइते
Argakhachi Cement Island Ad

काठमाडौं । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । न्यूस्टार होटेलका सञ्चालक महेन्द्र साहकी श्रीमती वर्ष ३२ की अनितादेवी साहको हत्या भएको प्रहरीले जनाएको छ । 

“गएराति पौने २ बजे जाँतोले प्रहार गरी अनिताको हत्या भएको पाइएको छ । उनका श्रीमानको अचेत अवस्थामा उपचार भइरहेको छ,” जिल्ला प्रहरी कार्याल सिराहाका प्रहरी निरीक्षक उदयमान दुवेदीले बाह्रखरीसँग भने, “हत्या श्रीमान् श्रीमतीको आपसी झगडाका कारण भएको हो वा अन्य कोही व्यक्तिको आक्रमणबाट भएको हो पत्ता लागेको छैन ।” 

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्