राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्दिरा गिरी कृषि राज्यमन्त्री र खुसीराम थारू बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।
उनीहरूले शुक्रबार साँझ प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० २१:५०
प्रतिक्रिया दिनुहोस्