site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । शुक्रबार महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगरे दर्शन गरेका हुन् ।

पशुपतिनाथको पूजाआराधनाका साथै उनले प्रसाद ग्रहणसमेत गरे ।

Dabur Nepal
NIC Asia

शिवभक्तहरूले शिवरात्रिका दिन ब्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरूको उपस्थिति रहेको थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu