site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महिला विकासका क्षेत्रमा लगानी बढाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटै तहका सरकारले महिलाको जीवनस्तर परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागु गर्ने विश्वास व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने बताए । 

जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको आर्थिक, सामाजिक, राजनीतिकलगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताबिना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा नहुने बताए । 

Dabur Nepal
NIC Asia

राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्न सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको समेत बताए । 

उनले सभ्य र समुन्नत समाज निर्माणमार्फत् लंैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालीन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले महिलाले बढी श्रम गर्ने उल्लेख गर्दै उनीहरूको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा आग्रह गरे । 

राष्ट्रपति पौडेलले नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu